सङ्खुवासभा, २४ जेठ (रासस : मादी नगरपालिकामा १३ वर्षपछि लैण्डलाइन फोन जोडिएको छ । मर्मत नहुँदा उक्त सेवा २०६२ सालदेखि बन्द थियो ।
मादीको ओखरबोटे बजारमा ०२९–४२४००१ नम्बरबाट उक्त सेवा शुरु गरिएको हो । लैण्डलाइन फोनको सुविधा नहुँदा यहाँका बासिन्दा इन्टरनेटलगायत सेवाबाट वञ्चित हुँदै आएका थिए ।
मादी होटलका सञ्चालक नवीन दाहाल लैण्डलाइन फोन जडानपछि एडीएसएलको सस्तो मूल्यमा इन्टरनेट चलाउन पाइएको बताउछन् । लैण्डलाइन सेवा नहुँदा इन्टरनेट सेवा प्रदायक संस्थाले चर्को मूल्य लिँदै आएका थिए ।



