• शुक्रबार-चैत-१६-२०८०

नौ करोडमा तेक्वान्दो एकेडेमी निर्माण


काठमाडौँ, २३ जेठ (रासस) : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमी भवनको जेठ २३ गते उद्घाटन गरेका छन्  ।

 

 रु आठ करोड ७६ लाख २२ हजारको लागतमा निर्मित उक्त एकेडेमी चार तलाको छ । एकेडेमीमा कक्षा कोठा, कार्यालय कक्ष, तालीम हल, प्रतियोगिता हल, प्यारापिटलगायत संरचना निर्माण गरिएको छ । अति विशिष्ट प्यारापिटको क्षमता ३० जना तथा साधारण प्यारापिटको क्षमता ५०० जनाको रहेको छ । साढे चार वर्षमा एकेडेमी निर्माण गरिएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)अन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका इञ्जिनीयर राजु श्रेष्ठले जानकारी दिए  । राखेपको लगानीमा एकेडेमी निर्माण गरिएको हो ।

 

    कार्यक्रममा मन्त्री विश्वकर्माले अझै पर्याप्त भौतिक संरचना निर्माण गर्न नसकिएको बताए  । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एकेडेमी तेक्वान्दोको गुरुकुलका रुपमा स्थापित हुने विश्वास व्यक्त गरे  । उनले प्राथमिकतामा परेका सबै खेलको एकेडेमी निर्माण गर्दै जाने जानकारी दिए  । “एकेडेमी चाँडै नेपाल तेक्वान्दो सङ्घलाई हस्तान्तरण गछौँ”, उनले भने  । 

 

    तेक्वान्दो सङ्घका सचिव एवं सागका चार पटकका स्वर्ण पदक विजेता दीपक विष्टले एकेडेमी निर्माणपछि नेपाली तेक्वान्दो खेलाडीले नयाँ इतिहास बनाउने विश्वास व्यक्त गरे  । सो अवसरमा नेपाल तेक्वान्दो सङ्घले नेपाली खेलकूदको विकास र विस्तारमा योगदान पु¥याए बापत मन्त्री विश्वकर्मा तथा सदस्य–सचिव विष्टलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

प्रतिकृया दिनुहोस