• शुक्रबार-बैशाख-७-२०८१

गतिमति छाडा उपराष्ट्रपति पुत्र !

श्रीमान सम्पादकज्यू

 

केही वर्ष अघिसम्म फलामे अनुशासनको घेरामा चल्थ्यो, कम्युनिस्ट संगठन । आचरणहीन काम गर्ने नेता तथा कार्यकर्ता घटुवादेखि निलम्बन र बर्खास्तसम्मका कारवाहीका लागि भागिदार हुन्थे । त्यसैले कम्युनिस्ट पार्टी र सरकारप्रतिको भरोसा उच्च थियो । 

 


कम्युनिस्ट पार्टीमा हुने मूल्य, निष्ठा, इमान र जवाफदेहिताको राजनीति अब एकादेशको कथा भएको छ । कम्युनिस्ट संगठनमा इमान्दारभन्दा पनि बेइमान र बदनामहरूको दाइँ चल्न थालेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिसिएर बनेको नेकपामा पछिल्लो समय यस्तै गतिछाडा गतिविधि देखिन थालेको छ । र, पार्टीको यही यस्तै रवैयाका कारण केही व्यक्ति उल्टै पुरस्कृत भएका छन् । 

 


केही समयअघि उपराष्ट्रपति पुत्र नन्दबहादुर पुनपुत्र दीपेश विवादमा तानिए । उनीमाथि शक्तिको बलमा अवैध बालुवाखानी चलाएर राज्यलाई नोक्सानी पु¥याएको बात लाग्यो । कर्मचारी, सुरक्षाकर्मीको सरुवा–बढुवामा खेलेको आरोप पनि दीपेशमाथि छ । यहीबीच अख्तियारका भ्रष्ट पूर्वआयुक्त राजनारायण पाठक जोगाउन उनले गरेको भिडियो फुटेज नै सडकसम्मै आएर छताछुल्ल भयो । अनुशासित कम्युनिस्ट सरकार हुन्थ्यो भने यो अक्षम्य बेइमानीका लागि उनले कहीँकतैबाट पनि माफी पाउँदैनथे ।

 

तर, उनलाई कुनै कारवाही भएन । नेकपा विद्यार्थी संगठनको वरिष्ठ नेता बनेर उनी चुरीफुरी गरिरहेकै छन् । त्योभन्दा पनि रोचक उनी एक अनलाइन न्युज पोर्टलको मालिक बनेका छन् । यो कस्तो कम्युनिष्ट चरित्र हो ? कार्यकर्ताहरूले बुझ्नै सकेनौ हजुर ।          –दीलिप घिसिड्ड, काठमाडौंं 
 

प्रतिकृया दिनुहोस