• शनिबार-बैशाख-८-२०८१

ह्वेलको पूजा गरेर रोग निको पारौं 

 

भारतको संस्कृति विचित्रताले भरिपूर्ण छ । भारतमा मन्दिरसँग सम्बन्धित धेरै पुरानो इतिहास र भनाई रहेको पाइन्छ । कहिले मन्दिरमा मोटर बाइक पूजा गरिन्छ भने, कहीँ जुत्ताचप्पल चढाइन्छ । यस्तै एक मन्दिर छ जहाँ ह्वेल माछाको हड्डी पूजा गरिन्छ । भारतको गुजरातको वलसाड तहससिलको मगोद डुंगरी गाउँमा यस्तो मन्दिर रहेको छ । यस मन्दिरलाई मत्स्य माताजीको नामले चिनिन्छ । यो मन्दिर ३०० बर्ष पुरानो रहेको बताइन्छ । जसको निर्माण गाउँकै केही माझीहरूले गरेका थिए ।

 

माझीहरू माछा मार्न जानुपूर्व मन्दिरमा दर्शन गर्ने गर्दछन् । यहाँ दर्शन नगरेमा दुर्घटना हुने विश्वास रहेको छ । प्रभु टंडेल नाम गरेका व्यक्तिले एउटा ठूलो मरेको माछा फेला पारे । उक्त माछा देखेर गाउँहरूले हैरानमा परे । उक्त माछा ह्वेल माछा थियो । उक्त माछालाई गाउँलेले देवीको अवतार मान्दै मन्दिर निर्माण गरेर मत्स्य माताको नाम दिए । अझ, गाउँमा एक समय गम्भीर रोग फैलिएको थियो । त्यसपछि मानिसहरूले उक्त मत्स्य मन्दिरमा गएर प्रार्थना गरे । त्यसपछि विस्तारै विस्तारै मानिसहरू ठीक हुँदै गए भन्ने विश्वास अझै ब्यक्त गरिने गरिन्छ । 
 

प्रतिकृया दिनुहोस