• शुक्रबार-चैत-१६-२०८०

पत्थरीबाट कसरी बच्ने

 

 धेरै समयसम्म कुर्सीमा बसिराख्नु, लामो समयसम्म पिसाब रोक्नु, अनियमित खानपान, जंक फूडहरूको बढी प्रयोग आदि पथरी रोगको समस्याका कारण बन्न सक्छन् । यसको अलावा यस्तो जीवनशैलीबाट मधुमेह तथा हृदय रोगहरू उत्पन्न हुने गर्दछ । यसको प्रमुख कारण भनेको कम पानी पिउने र अर्काे पिसाब रोक्नु हो । 

 


मृगौलामा हुने पत्थरी पिसाबमा रहेको नूनको तथा खनिज मिलेर निर्माण हुने गर्दछ । पत्थरी धुलो कण जस्तै सानो पनि हुन सक्छ र क्रिकेट बल जत्रो पनि हुन सक्छ । यस रोग र हृदयको पनि प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ ।

 

शरीरमा पत्थरी बारे जानकारी लिन बर्षमा एकपटक परीक्षण गराउनु जरुरी हुन्छ । हाम्रो हरेक दिन खाना खाने गर्दछौं त्यसपश्चात हाम्रो पाचन क्रिया हुन्छ । यस पाचन क्रिया पश्चात बाँकी रहेका तत्वहरू जस्तै क्याल्सियम फोस्फेट तत्वहरू पिसाब र मृगौलामा जम्मा हुने गर्दछ । सानोतिनो कणहरू त पिसाबमार्फत बाहिर आउँछन् तर ठूला भएका कणहरू भने वृद्धि अवस्थामै रहन्छन् । त्यसरी नै मानिसलाई पीडा हुन शुरु हुन्छ । 
 

प्रतिकृया दिनुहोस