• बिहीबार-चैत-१५-२०८०

ग्रेजुएशन गर्न दश रुख रोप्नुपर्ने ?

 संसारमा रुखविरुवाको संख्या घट्दै गइरहेको छ । यसको असर कम गर्न विभिन्न किसिमको उपायहरू अपनाइने गरिएको छ । यसै कुरालाई ध्यानमा राख्दै एक विश्वविद्यालयले स्नातकको डिग्री हासिल गर्नका लागि न्यूनतम दश बोट रोप्नुपर्ने कानून बनाएको छ । हो, फिलिपिन्सको सरकारले पर्यावरणलाई बचाइराख्नका लागि विचित्रको कानून लागू गरेको हो । फिलिपिन्समा वनको घनत्व ७० प्रतिशतबाट घटेर २० प्रतिशतमा झरेको छ ।

 

सरकारले एक बर्षमा १७ करोड ५० लाख बोट लगाउने, त्यसको पोषण गर्ने र विकास गर्ने योजना बनाएको छ । यसैकारण हरेक विद्यार्थीले कम्तीमा १० रुख रोप्नुपर्नेछ । यस कानूनलाई ‘ग्रयाजुएशन लिगेसी फर द इन्भाइरोन्मेंट एक्ट’ नाम दिइएको छ । यो कानून संसदले पनि सर्वसम्मतिका साथ पास गरेको छ । यो कानून कलेज, प्राथमिकस्तरका विद्यालय र उच्च विद्यालयहरूका विद्यार्थीहरूका लागि लागू हुनेछ । सरकारले बोट रोप्ने स्थान पनि छनौट गरिसकेको छ । 
 

प्रतिकृया दिनुहोस