• शुक्रबार-चैत-१६-२०८०

जीवन थापाको अर्को म्युजिक भिडियो आयो  (भिडियोसहित)

 

१९ जेठ २०७६, काठमाडौँ । अभिनेता जीवन थापा ‘क्षितिज’द्वारा अभिनित अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक ईश्वर बस्नेत र गायिका अञ्जु राईको स्वर रहेको ‘दुनियाँले तारिफ गर्ने माया गरौँला’ बोलको लोकदोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा निकेश तामाङको सङ्गीत र गोविन्द पराजुलीको सङ्गीत संयोजन रहेको छ ।


गणेश उपाध्यायको छायाङ्कन तथा निर्देशन रहेको उक्त भिडियोमा जीवनसहित कमला थापा, उमेश कार्की र सुष्मिता आचार्यले अभिनय गरेका छन् ।

 

थ्याङ्कयु सिनेमाद्वारा प्रस्तुत भिडियो भोजपुरको अरुण गाउँपालिका वडा नम्बर–७, को मैदाने गाउँमा छायाङ्कन गरिएको निर्देशक उपाध्यायले बताए ।

 

उनले भने, “भिडियो अत्यन्तै भर्जिन लोकेशनमा छायाङ्कन गरिएको छ, साथै कथानक पनि छ । यसकारण दर्शकले भिडियो रूचाउने कुरामा म विश्वस्त छु ।”  

प्रतिकृया दिनुहोस