• बिहीबार-बैशाख-१३-२०८१

एक्लोपन स्वास्थ्यका लागि हानिकारक 

 

 

यदि आफ्नो स्वास्थ्यको ख्याल राखिन्छ भने एक्लोपनबाट टाढा रहनु जरुरी हुन्छ । एक्लोपनाले स्वास्थ्यमा अनेक समस्या पैदा गर्ने कुरा अनुसन्धानले बाहिर ल्याएको हो । यसले गर्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा प्रभाव पर्न जान्छ र स्वास्थ्य बिग्रन जान्छ । ओहियो स्टेट यूनिभर्सिटीका मेडिसिन अनुसन्धानकर्ताले एक्लोपनाले मुटु सम्बन्धी रोग, टाइप २ मधुमेह, अर्थराइटिस तथा अल्जाइमर्स जस्ता रोगहरू निम्त्याउने कुरा बाहिर ल्याएको हो । 

 


अध्ययनले सम्बन्ध बिग्रनाले अथवा खराब सम्बन्धका कारण स्वास्थ्यमा विभिन्न समस्याहरू आइपर्ने कुरा स्पष्ट पारेका थियो । ओहियो स्टेट यूनिभर्सिटीको अनुसन्धानले एक्लोपनाले व्यापकरुपमा हाम्रो शरीरको स्वास्थमा प्रभावित पार्ने कुरा खुलासा गरेको हो । जति हामीहरू सोच्न थाल्छौं त्यति बढी नै मानसिक तथा शारीरिक प्रभाव पार्ने अनुसन्धामा उल्लेख छ । 

प्रतिकृया दिनुहोस