• बिहीबार-बैशाख-१३-२०८१

गणपतिको अन्याय छानविन र कारवाही होस्  


श्रीमान सम्पादकज्यू 
साँघु साप्ताहिक 


 हामी भवानी बक्स गणका सकल दर्जाले गणपति कर्नेल लोचन कार्कीबाट चरम दुःख र अमानवीय व्यवहारका कारण यातना भोगिरहेका छौं । यतिनै भएपछि हामीले गुनासो दुःख पोख्ने ठाउँ  कतै नभएकोले साँघु पत्रिकामार्फत हाम्रा चीफसा’बको कानमा यो कुरा परोस् भनेर गुनासो प्रकाशनका लागि अनुरोध पत्र पठाएका छौं । निज गणपति लोचन कार्कीका बारेमा छानविन होस् र गल्ती अनुसारको काकरवाही होस् भन्ने माग यसै पत्रिकाबाट गर्दर्छौं । 


गणपति लोचन कार्की यस गणमा गणपति भई आएपछि हामी यस भवानी बक्स गणका सबै दर्जालाई दुव्र्यवहार गर्ने गरेका छन् । आफ्नो मातहतका जवानलाई पेशेवर बनाई उनीहरुको वेलफेयर हेर्नुु भन्ने चीफ सा’बको नीति भएपनि यी कर्नेलको बोली व्यवहार आर्मी अनुशासन अनुसार नभएर सारै नराम्रो छ । जति बेला पनि रिसाई मात्रै रहने ब्यारेकका सकल दर्जालाई कुकुरलाई झैं व्यवहार गर्ने तर माथिका जर्सा’बहरुलाई चाहिं साह्रै सोझा भएको नाटक गर्ने ।

 

‘हस हजुर गरिहाल्छु’ भन्ने तर हामी जवानलाई जथाभावी गाली गर्ने ‘मामु साले गधा, तेरिमा’  त मुखमै झण्डिएको छ । फोहोरी गाली अपशब्द त सामान्य  हुन् । लात समेत हानेर लछार पछार गर्ने, ‘जागिर खाइदिन्छु तेरो बाउको आर्मी हो’ भन्नेजस्ता तुच्छ बचन, अमानवीय व्यवहार गणपतिबाट हुने गरेको छ । सरकारी रकम, दैनिक भ्रमण भत्ता, पेट्रोल र मेन्टिनेन्स, भैपरीजस्ता रकम आएकोमा सबै गोजीमा हाली उल्टै आर्मी हेडक्वार्टर, पृतना र बाहिनीमा फिर्ता पठाउनुपर्छ भनि यी कर्साबले मिटिङहरुमा भन्ने गर्दछन् । नेपाली सेनामा यस्तो हुन्छ र ? 


 यो गण शुक्लाफा“टाबाट अछाम आएपछि सिपाही जवानहरुले एक महिनाका हिसाबले बाहिर जान्छन्, करीब २०० जनाको दरले महिनामा गइरहेका हुन्छन्, प्राइभेट फण्डमा राखेर खर्च गर्नु पर्ने आम्दानीको हिसावकिताव छैन । मासिक करीब ५/÷६ लाखको राशन आम्दानी पैसा गणपतिकै गोजीमा जान्छ । हिसाब मिलाउन बोर्डमा फर्जी बिल भपाई बनाई गणको विभिन्न खर्च देखाइ हिसाब मिलाउँछन् । हामी तलका अधिकृतलगायत जेसीओज् र सकल दर्जा जिल्ल परेर हेरिरहेका छौं । यो त हामीलाई अतिनै अन्याय भयो चीफसा’ब ।

 
 राजधानीबाट टाढा विकट ठाउ“मा हुने पल्टनमा गणपतिको आर्मी अनुसासन विपरीतको शासन, हप्कीदप्की खानका लागि होइन होला चीफसा’ब ? 
 सामान्य परिवारबाट काठमाडौं छिरेर नेपाली आर्मीको अधिकृत बन्न सफल भएका, हिजो आर्थिक अवस्था कमजोर भएका कर्सा’बहरु पहिलाका प्रसे दीपक भण्डारी शुक्लाफाँटामा यो गणमा हुँदा उनले दाउरा मट्टितेल बाहिर लगेर राशनबाट कमाएर बुढानीलकण्ठमा जग्गा किन्न सफल भएर भर्खरै मात्र घर पनि बनाए भन्ने सुन्छौं ।

 

अहिले प्रसे कर्नेल दीपकको देखासिकी गरी यिनी लोचन कार्की कर्नेलले पनि गणपति भएको ६–८ महिनामै नैकापमा घडेरी जोडेको हामीले सुनेका छौं । हामीलाई लाग्छ कि गणपतिले जति कमाउन, खाउन, ख्वाउन तर हाम्रो  पेटमा लात नहाउनु, प्राइभेट फण्डमा लुट न मच्चाउ, एउटा अधिकृतले नेपाली सेनाको इज्जत र पेशामा कमी आउने काम नगरौं भन्ने हाम्रो  अनुरोध हो । 


सकल दर्जाको गाँसमा हरण गरेर गणपतिलाई कमाउन खान र ख्वाउन भनेर नै खटाइएको हुन्छ होला र ? त्यसो हो भने गणमा जाँचबुझ टोली आएर बुझे यिनको सत्यतथ्य प्रष्ट हुनेछ । चीफसा’ब पूर्णचन्द्र थापाले सिपाहीको रगत पसिना खाने कटारी कालीसिद्धि गणका गणपति कर्नेल केशव कार्कीलाई पैसातिराएर जागिरबाट बर्खास्त गरे झैं हाम्रँ गणपति कर्नेल लोचन कार्कीको बारेमा पनि निष्पक्षरुपमा आर्मी हेडक्वार्टरबाट छानविन होस् र गल्ती अनुसारको सजाय होस् भन्ने माग हामी पीडितहरुको रहेको छ । चीफसा’ब तपाईबाट भवानी बक्सका सकल दर्जाको सलाम छ । हामी पीडितले पक्कै न्याय पाउने छौं भन्ने विश्वास लागेको छ । जय भवानी । 


– नेपाली सेनाका पीडित सकलदर्जाहरु 
  भवानी बक्स गण
 

प्रतिकृया दिनुहोस