🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

बेलायती गोर्खाको समस्या समाधान गर्न सरकारले भूमिका खेल्नुपर्छः थापा

काठमाडौं , ८ जेठ(रासस) : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बेलायती गोर्खाले उठाएका जायज मागप्रति राप्रपाको ऐक्यबद्धता र समर्थन रहेको बताएका छन्  । राप्रपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको ज्ञापनपत्र बुझ्दै पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले बेलायती गोर्खाले उठाएका मागका सम्बोधन गराउने सम्बन्धमा सरकारसँग पहल गरिने बताए  । नेता थापाले सरकारले यी विषयलाई गम्भीरतापूर्वक लिई समस्या समाधानका निमित्त तत्काल अग्रसर हुनुपर्नेमा जोड दिए  । 

    ब्रिटिस गोर्खा सङ्युक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अध्यक्ष थापा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएका समयमा बेलायती गोर्खाका माग सम्बन्धमा खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गरेको थियो । सो अवसरमा राप्रपा महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले बेलायती गोर्खाका विषयमा संसद्मा आवाज उठाइने प्रतिबद्धता व्यक्त गरे  ।

तत्कालीन समयमा देशका तर्फबाट अध्यक्ष थापाले खेलेको भूमिकाप्रति सम्पूर्ण गोर्खा आभारी रहेको बताएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दियो ।
–––