🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ट्याक्सीभित्रै यात्रु यज्ञबहादुर खड्काको हत्या ?

भक्तपुर, २२ कात्तिक (रासस) : मध्यपुर थिमि–२, सानोथिमिस्थित मनोहरा फाँट नजिकै ट्याक्सीभित्र एक व्यक्तिको हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

दिव्यश्वरी जग्गा एकीकरण आयोजना क्षेत्रभित्र बा १ ज १०४० नंको ट्याक्सीभित्र सर्लाही घुर्कौली घर भई हाल ललितपुरको कुसुन्ती बस्ने ४९ वर्षीय यज्ञबहादुर खड्काको शव हत्या गरेको अवस्थामा फेला परेको हो ।

मनोहरा फाँटमा रोकीराखेको सेतो रंगको ट्याक्सीको पछाडि सिटमा खड्काको शव फेला परेको हो । रातो हुकभित्र हरियो भेस्ट र खैरो पाइन्ट लगाएका खड्काको अनुहारमा चिन्न नसकिने गरी चोट लागेको छ । खड्काको अनुहारमा ढुंगाले हानेको जस्तो देखिएको प्रहरीको भनाइ छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण राणाको नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

घटनाका सम्बन्धमा अपराध महाशाखाको टोलीले समेत अनुसन्धान थालेको छ । शवको मुचुल्का तयार गरी अहिले शवपरीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको छ ।