🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गठबन्धनलाई विजयी गराउन सम्पूर्ण शक्ति लगाइने

काठमाडौँ, २० कात्तिक  । नेकपा (माओवादी केन्द्र)ले वाम गठबन्धनको भावना र मर्मअनुसार चुनावी प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ । 

माओवादी केन्द्रको जिल्ला संगठन समिति काठमाडौँको कात्तिक  २०  गते  बसेको बैठकले राष्ट्रिय आवश्यकताअनुसार वाम तालमेल र पार्टी एकताको समेत निर्णय भएकाले पार्टीको सम्पूर्ण शक्ति निर्वाचनलाई सफल बनाउन र वामगठबन्धनलाई जिताउन लागिपर्ने निर्णय गरेको हो । 

सो पार्टीका काठमाडौँ जिल्ला इन्चार्ज लेखनाथ न्यौपानेले कुनै पनि शर्तमा वाम गठबन्धन विजयी हुनुपर्छ भन्ने मान्यतालाई प्रत्येक नेता तथा कार्यकर्ताले आत्मसात् गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिए  । 

गठबन्धनमा सहभागी नेकपा(एमाले)सँगको छलफलपछि एकीकृत र केन्द्रीतकृत चुनाव परिचालन समिति गठन गर्ने निर्णय समेत गरिएको 
उनले जानकारी दिए । 

काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये तीन वटामा माओवादी केन्द्र र सात वटामा एमालेले उम्मेदवारी दिएका छन् । 

बैठकमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिनुभएका काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार अनिल शर्मा, क्षेत्र नं ६ का उम्मेदवार झक्कुप्रसाद सुवेदी र क्षेत्र नं १० का उम्मेदवार हितमान शाक्यले चुनावी योजना पेश गर्दै पार्टी र गठबन्धनलाई विजयी गराउन आग्रह गरेका छन्  । 
–––