🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

  विभिन्न अपराधमा संलग्न पाँच हजार बढी कानूनी दायरामा

  काठमाडौँ, ४ वैशाख : नेपाल प्रहरीले काठमाडौँ  जिल्लामा भएका विभिन्न अपराधमा संलग्न पाँच हजार बढी व्यक्तिलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार चालू आर्थिक वर्षको नौ महीनामा चार हजार ७६१ मुद्दाका पाँच हजार ३५८ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको हो । परिसरका प्रवक्ता होविन्द्र बोगटीले परिसर र काठमाडौँका विभिन्न प्रहरीवृत्तमा आएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए  ।

पक्राउ परेकाविरुद्ध बैंकिङ कसुर, गठी, अभद्र व्यवहार, लागुऔषध, चोरी, जुवातास, भवितव्य ज्यान मुद्दा लागेको छ । सबैभन्दा बढी प्रहरी परिसरमा झण्डै एक हजार मुद्दामा ८३१ जनालाई पक्राउ गरी कारवाही अघि बढाइएको छ । प्रहरीवृत्त बानेश्वर, बालाजु, कमलपोखरी, लैन चौर, थानकोट, सिंहदरबार, बौद्ध, स्वयम्भू, गौशाला, कीर्तिपुर, महाराजगञ्ज, दरबारमार्ग र कालिमाटीमा परेको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी कारवाही थालिएको परिसरले जनाएको छ । 

पछिल्लो सममया बैंकिङ कसुर, साइबर अपराध, वैदेशिक रोजगार तथा हाउजिङसम्बन्धीका अपराध बढेको भन्दै परिसरका निमित्त प्रमुख अशोक सिंहले यसतर्फ प्रहरीले सादा पोशाकमा समेत प्रहरी परिचालन गरेर कारवाही अभियान चलाइएको बताए । भारतीय नागरिकसमेत लुटपाट र ठगीमा सक्रिय हुने गरेको पाइएको छ । नक्कली वस्तुलाई सक्कली भनेर ठगी गर्ने गिरोहसमेत सक्रिय भएको परिसरका प्रवक्ता बोगटीले जानकारी दिए  । यसतर्फ सचेत हुन र समयमै सूचना दिनसमेत प्रहरीले सबैमा अनुरोध गरेको छ । (रासस)