🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल र पोखरेलका निर्वाचन परिचालन कमिटी गठन

काठमाडौं, कात्तिक १९ गते  : आगामी मंसिर २१ गतेको प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडौं, क्षेत्र नं २ बाट नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी गतिविधि प्रचारप्रसार गर्नका लागि निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

नेपालको प्रचार अभियान सञ्चालन गर्नका लागि क्षेत्रीय, नगरकमिटी र वडास्तरका निर्वाचन परिचालन कमिटी गठन गरिएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएक छन् । नेपालको चुनावी कार्यक्रम सञ्चालन गर्न एमालेले समानुपातिक उम्मेदवार सरिता न्यौपानेको संयोजकत्वमा कमिटी बनाएको हो ।

यस्तै कागेश्वरी मनहरा र शंखरापुर नगरपालिकाका विभिन्न वडामा पनि वडास्तरीय कमिटी गठन गरिएको छ । निर्वाचन गतिविधिलाई तीव्र बनाएका नेपालले अगुवा कार्यकर्ता भेला र महिला भेलासमेत गरिरहेको स्वकीय सचिव गौतमले बताए ।

यस्तै काठमाडौं, क्षेत्र नं ५ बाट एमालेको तर्फबाट उम्मेदवार बनेका महासचिव ईश्वर पोखरेलले पनि चुनावी अभियान तीव्र पारेका छन्  । वाम गठबन्धनबाट उम्मेदवार बनेका पोखरेलले विभिन्न भेला र भेटघाटका कार्यक्रम शुरु गरेको उनका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिएक छन् । पोखरेलको निर्वाचनको प्रचारप्रसार गर्नका लागि एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
–––