काठमाण्डौ, चैत २९ गते शुक्रबार । प्रधानसेनापति पूर्णचन्द्र थापाले मध्यपृतना हेडक्वार्टरले मकवानपुर जिल्लाको ढुङ्गेगढी ईलाकामा भविश्यमा आईपर्ने आन्तरिक सुरक्षा चुनौतिहरुलाई दृष्टिगत गरि सञ्चालित फिल्ड ट्रेनिङ्ग अभ्यासको निरीक्षण गरेका छन ।
निरीक्षणको क्रममा प्रधानसेनापति थापाले अभ्यास ईलाकाको स्थलगत निरीक्षण गरी उक्त अभ्यासमा सहभागी भएका फौजहरुले गरेको प्रदर्शनको अवलोकन गर्नु भएको थियो । सोही क्रममा प्रधानसेनापति थापाले सकलदर्जालाई सम्बोधन गर्नुका साथै आवश्यक निर्देशन समेत दिएका थिए ।



