🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

श्रीमतीको हत्या अभियोगमा पक्राउ

दमौली, १७ चैत  : श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले आज यहाँ एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ३५ वर्षीया फूलमाया नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा तनहुँको शुक्लागण्डकी नगरपालिका–७ म्याराथन धारापानीका ४० वर्षीय श्रीराम श्रेष्ठलाई पक्राउ गरेको हो । 

श्रीरामले शुक्रबार मादक पदार्थ सेवन गरी फूलमायालाई कुटपिट गरी हत्या गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनले श्रीमतीको शवलाई घरदेखि करीब २० मिटर टाढा बारीमा फालेका थिए । हत्या अभियोगमा पक्राउ परेका श्रीरामलाई तनहुँ जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ । 

ढिस्कोले पुरिँदा घाइते 

माटोको ढिस्कोले पुरिएर तनहुँको देवघाट गाउँपालिका–५ मा आज दुई जना घाइते भएका छन् । 

घाइते हुनेमा सोही वडाका ३३ वर्षीया शीला आले र ३५ वर्षीय कुमार पाण्डे रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए  । वसन्तपुरमा माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर उनीहरु घाइते भएका हुन् । दुवै जनाको चितवनस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । (रासस)