🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ओखलढुङ्गामा  जीप दुर्घटनामा ६ को मृत्यु

ओखलढुङ्गा, १७ चैत । ओखलढुङ्गामा आज जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोलुखुम्बुबाट काठमाडौँ जाँदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नं को स्कार्पियो जीप मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीमा अपराह्न दुर्घटना उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए  । 

मृत्यु भएकामध्ये चार जनाको सनाखत भएको छ । ताप्लेजुङ ओलाजुङका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङ फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा, काठमाडाँै बौद्धका ४० वर्षीय ङवाङ शेर्पा र ३५ वर्षीय नोर्बु शेर्पाको मृत्यु भएको सनाखत भएको छ । 

दुर्घटनामा ज्यान गुमाएका अन्य दुई जनाको अझै पहिचान खुल्न सकेको छैन । चालक कृष्ण श्रेष्ठका अनुसार जीप सडकबाट करीब २०० मिटर तल खसेको थियो । 

दुर्घटनामा एक बालकसहित तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी चालक श्रेष्ठ पनि घाइते भएका छन् । उनीहरुको उदयपुरको घुर्मीस्थित आस्था मेडिकल सपमा उपचार भइरहेको छ । रासस