🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वाम गठबन्धनविरुद्ध माओवादी केन्द्रको बागी उम्मेदवारी

सल्यान, १६ कात्तिक (रासस) ।  दोस्रो चरणको निर्वाचनका लागि  उम्मेदवारी दर्ता सम्पन्न भएको छ । वाम गठबन्धनसहित पाँच राजनीतिक दलले प्रदेश तथा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका लागि राजेन्द्रबहादुर शाहले उम्मेदवारी दर्ता गराएका  छन्  । काग्रेसबाट प्रदेश १ (क) मा एकराज डाँगी र खमा डिल्लीराज रेग्मीले उम्मेदवारी दर्ता गराएका छन्  । 

वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि नेकपा(माओवादी केन्द्र)का टेकबहादुर बस्नेत तथा प्रदेश १ (क) मा नेकपा (एमाले)का गुलाबजंग शाह र खबाट एमालेकै प्रकाश ज्वालाले उम्मदवारी दिएका छन्  । 

यस्तै राप्रपा नेपालबाट प्रतिनिधिसभाका लागि गणेश भण्डारी तथा प्रदेश १ (क)मा बालाराम शर्मा र १ (ख)मा राजेन्द्रविक्रम रायले मनोनयन दर्ता गराएका छन् । नेकपा (माले)बाट प्रतिनिधिसभाका लागि बलबहादुर गिरी, प्रदेश १ (क) मा टोपबहादुर रोका र ख मा हिमलाल बुढाथोकीले मनोनयन दर्ता गराएका छन् । 

टिकट वितरणप्रति असन्तुष्ट माओवादी केन्द्रको एक समूहले वाम गठबन्धनविरुद्ध उम्मेदवारी दर्ता गराएको छ । माओवादी केन्द्रबाट प्रतिनिधिसभाका लागि पूर्वसांसद उमाकान्त शर्मा र ज्ञानबहादुर वलीले उम्मेदवारी दर्ता गराएका छन्  । यस्तै प्रदेश १(क) मा माओवादी केन्द्रका भीमप्रकाश शर्मा र (ख)मा जीतबहादुर पुनले उम्मेदवारी दर्ता गराएका छन्  । 
–––