🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राजतन्त्रकाे माग गर्दै शाही युवा शक्तिले चैत २१ मा प्रदर्शन गर्ने

काठमाडौं, १४ चैत । शाही युवा शक्ति, नेपालले यही चैत्र २१ गते गणतन्त्रको विरुद्धमा काठमाडौंमा बृहत्त शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ । 
बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति, नेपालले यस्तो घोषणा गरेको हो ।

आफ्नो स्थापनाको ७ औं वार्षिकोत्सवको अवसर पारेर गणतान्त्रिक व्यवस्थाको विरुद्धमा र राजतन्त्रको पुनरस्थापनाको माग गर्दै काठमाडौंको भृकुटीमण्डपस्थित् प्रदर्शनीमार्गमा बृहत्त प्रदर्शन गर्न लागिएको अध्यक्ष पशुपति खड्काले जानकारी दिए । 

कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले मुलुकको राष्ट्रियता नै खतरामा परेको बतााउदै राजा नआई देशको अस्तित्व  नजोगिने बताए। शाही युवा शक्ति विगत एक दशकदेखि राजतन्त्रको माग गर्दै सडक संघर्षमा छ । 

खड्काले हत्या, हिंसा र युद्वको माध्यमबाट राजनीतिमा स्थापित भएकाहरुले नै मुलुकलाई एकतावद्ध बनाउने धरोहर र राष्ट्रनायकका शालिक ढालेर सुख–सयल गरेको आरोप लगाए । उनले थपे,‘तर, शाही युवा शक्तिले ढालिएका शालिकहरु उठाएर देखाएको छ । हामी निरन्तर राजतन्त्र पुनस्र्थापनाको आन्दोलनमा जुटेका छौं ।’

उनले चैत २१ गतेको बृहत्त शक्ति प्रदर्शनको पूर्व सन्ध्यामा काठमाडौंका विभिन्न ठाउँमा कोणसभा तथा भेला आयोजना गरिएको जानकारी दिए । 
कार्यक्रममा शाही युवा शक्ति, नेपालका केन्द्रिय प्रवक्ता गोविन्द ढुंगाना, केन्द्रिय सदस्यहरु प्रदीप सिंह थापा र राजकुमार महर्जन, र ललितपुर जिल्ला सल्लाहकार मुस्कान कार्कीलगायतले राजतन्त्र पुनस्र्थापनाको बारेमा आफ्नो धारणा राखेका थिए । उनीहरुले चैत २१ गते आयोजना गरिने बृहत्त शक्ति प्रदर्शनको लागि आजैबाट घरदैलौ कार्यक्रम सञ्चालन गर्ने पनि जानकारी गराएका छन् ।