🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

आयोजना सफल, पूर्वहरूलाई समेट्दै एन्फा

काठमाडौं । पहिलो पटक काठमाडौंको खाल्डो बाहिर आयोजना गरेको अन्तर्राष्ट्रिय ठूलो फुटबल प्रतियोगिता सफल भएको छ । आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले पाँचौं साफ च्याम्पियनसिप प्रतियोगिता सफल पारेको हो । काठमाडौं बाहिर अहिलेसम्म प्रतियोगिता हुन सकेको थिएन । सात दशकदेखि एन्फा अस्तित्वमा रहे पनि अहिलेसम्म यो हिम्मत हुन सकेको थिएन । अन्तर्राष्ट्रियस्तरको मैदान नै निर्माणमा नेतृत्वले चासो नदिँदा प्रतियोगिता काठमाडौंमै सम्झौता गरेर हुने गरेको थियो । 

प्रतियोगिता पहिलो पटक विराटनगरको शहीद रंगशालामा भब्यपूर्वक सकिएको छ । खेल नतिजाको दृष्टिले नेपालले उपाधि जित्न भने सकेन । नेपाल चौथो पटक फाइनलमा भारतसंग पराजित भयो । त्यो पाटो एकातिर थन्काउने हो भने आयोजना भने सफल भएको दावी प्रतियोगिता संयोजक पंकज विक्रम नेम्वाङले गरेका छन् । 

नेपालले एन्फामात्र नभई प्रदेश सरकार र स्थानीय सरकारको सहयोग अपरिहार्य रहेको बताए । उनले भने, ‘संघीयतामा गइसकेपछि हामीले प्रदेश सरकारलाई तताउन खोज्यौं । सफल भयौं । प्रदेश १ ले अब जस्तासुकै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्ने भएको छ ।’
एन्फाको नेतृत्व परिवर्तन हुने बेलामै ‘एन्फामा परिवर्तन’ नारा दिएर आएको कर्माछिरिङ शेर्पा नेतृत्वको टिमले नै यो आयोजना सम्भव बनाएको हो । शेर्पाले आफूहरू चुप लागेर नबस्ने र अब विभिन्न ठाउँमा मैदान निर्माणका लागि प्रदेश सरकारहरूसंग सहकार्य गर्ने बताए । 

केही सानातिना अवरोध बाहेक प्रतियोगिता निकै सफल भएको दावी शेर्पाले गरेका छन् । चैतको धुलोले विराटनगरलाई प्रभावित पार्न खोजे पनि दर्शकको माया र स्थानीयको सहयोगले प्रतियोगिता भब्य भएको निष्कर्ष एन्फाको रहेको छ । 

पूर्वहरूलाई समेट्दै एन्फा

पूर्व फुटबल पदाधिकारीहरू पनि उक्त प्रतियोगितामा समेटिएका छन् । पूर्व अध्यक्ष गणेश थापाको छायाँ परेकाहरू नयाँ नेतृृत्वको अगाडि पछाडि पर्न खोज्दैनन् । खेलाडीहरू र खेल आफ्नै देशको हो भन्ने समेत नबुझी फुटबललाई नै अहिले ‘कर्माको हो’ भन्दै उनीहरू हिँडिरहेको चर्चा पनि छ । नेपाली टिमले सफलता हासिल गर्दा समेत समर्थन गर्दा कर्माको समर्थन हुने हो कि भन्दै उनीहरू सचेत हुने गरेको बताइन्छ ।

 
तर, कर्मा कम्पनीले भने पुराना खेलाडी एवं पदाधिकारीहरूलाई समेट्दै गएको छ । फुटबलप्रति रुची राख्नेहरू पनि आफै सम्पर्कमा आएर फुटबल खेल हेर्न काठमाडौंदेखि मुलुकका विभिन्न भागबाट विराटनगर पुगेका थिए । आवश्यक हुनेहरूलाई एन्फाले टिकट समेत प्रायोजन गरेको थियो । 

अध्यक्ष शेर्पाले भने, ‘रुची हुनेहरूले एन्फामा सम्पर्क गर्नुभयो उहाँहरूलाई हामीले सम्मानपूर्वक स्वागत ग¥यौं ।’ यो प्रक्रिया औपचारिकरुपमा भन्दा पनि अनौपचारिकरुपमा भएको थियो । 

एन्फासंग श्री एयरलाइन्सले बार्टर गरेपछि सजिलो भएको छ । पूर्व पदाधिकारीहरू कोही आफ्नै पहलमा पनि विराटनगर पुगेका थिए । एक पूर्व पदाधिकारीले सुनाए, ‘म एन्फाको नेतृत्व हेर्न आएको हैन खेल हेर्न आएको हुँ, नेपाली खेलाडीको समर्थन गर्न आएको हुँ, पक्ष र विपक्ष त चुनावका बेलामा मात्र हुने हो ।’

उनले भने झैं कुनै बैरभाव नराख्ने हो र नेपाली फुटबलको विकास र प्रवद्र्धनमा लाग्ने हो भने नतिजा समेत राम्रो आउनेमा दुई मत छैन । पुरानालाई सम्मान गर्दै उनीहरूले संगालेको अनुभवलाई सम्पत्तिका रुपमा एन्फाले प्रयोग गर्न सक्ने हो भने फुटबल विकास टाढा नरहेको खेलाडीहरू सुनाउछन् ।