सप्तरी, ८ चैत : सप्तकोशी नगरपालिका १ की ४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सोही स्थानका ३८ वर्षीय दिपक भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।
भुजेलले बालिकाको गुप्ताङ्ग लगायत संवेदनशील अङ्गहरुमा जर्बजस्ती चलाई घाइते बनाएको सूचना प्राप्त हुनासाथ सप्तरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
घाइते बालिकाको स्थानीय फत्तेपुर पोलिक्लिनिकमा उपचार भइरहेको छ ।




