🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जिम्बाबेमा बाढी र तुफानका कारण दुई लाख मानिस प्रभावित

 

जेनेभा, ७ चैत । जिम्बाबेमा आएको पछिल्लो बाढी र तुफानका कारण दुई लाख भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । संयुक्त राष्ट्रसंघीय निकायले बिहीबार दिएको जानकारी अनुसार प्रभावित भएकामध्ये अधिकांश मोजाम्बिक सीमा क्षेत्रका रहेका छन् । 

प्रारम्भिक विवरणमा प्रभावितहरुको संख्या एक लाख ५० हजार भएपछि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले प्राप्त गरेको विवरणमा प्रभावित हुनेहरुको संख्या बढेको देखिएको हो । 
डब्लुएफपीका प्रवक्ता हेर्भे भेर्हुसेलले दिएको जानकारी अनुसार जेनेभामा प्रप्त विवरणमा रातारात प्रभावितहरुको संख्या बढेको उल्लेख छ । 

मोजाम्बिकको सीमा क्षेत्रमा पर्ने चिमानीमानीमा बाढी र तुफानले “धेरै खराब” अवस्था सृजना गरेको उनले बताए । “जिल्लाको झण्डै ९० प्रतिशत प्रष्ट क्षति भएको छ, उनले भने ।” जिम्बाबेको राज्यद्वारा सञ्चातिल प्रसारण संस्था जेडबीसीले मृत्यु हुनेहरुको संख्या सयबाट बढेर १३९ पुगेको छ । 

राष्ट्रसंघले बाढीबाट प्रभावित भएकाहरु मध्ये ४० हजार जना विस्थापित भएको पनि जनाएको छ । सरकारी अधिकारीहरुले भने प्रभावितहरुको संख्या छ लाख पुगेको दावी गरेको पनि प्रवक्ता भेर्हुसेलले बताए । उनले भने, “तर प्रभावितहरुको संख्या हामीले भने भन्दा अवश्यपनि बढिरहेको छ ।” (रासस/एएफपी)