🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भरतपुर महोत्सवमा बिवाद : आयोजकबाट हातपात 

चितवन, ७ चैत । भरतपुर महोत्सवका स्टल व्यापारीहरुले आफूहरुमाथि आयोजकबाट हातपात भएको आरोप लगाएका छन् ।

लगातार तीन दिनसम्म पनि बोहनी नभएपछि स्टल व्यापारीहरुले आफ्ना लिखित मागहरु राख्न महोत्सव सचिवालय जाँदा हातपात भएको आरोप लगाएका हुन् । हातपातपछि दुई पक्षबीच भएको छलफलका क्रममा आयोजक युवा संघ, भरतपुरका अध्यक्ष असीम भट्टराईले घटना निन्दनीय भएको भन्दै माफी मागेका छन् ।

मागपत्र बुझाउन जाँदा आयोजकका केही पदाधिकारीले अभद्र व्यवहार गरी हातपात गरेको महोत्सवमा पाँच वटा स्टल राखेका दीपक श्रेष्ठले बताए । घटनामा आयोजकले संयमितता अपनाउन नसकेको उनले बताए । एउटा स्टलको दस दिनको १८ हजार पाँच सय रूपैयाँका दरले आयोजकलाई पैसा बुझाएको तर, दिनमा बोहनी हुन पनि मुस्किल परिरहेको उनको भनाइ छ ।

उनले महोत्सवमा बिस्कुट, फेन्सी सामग्री, लेडिज जुत्ता र खेलका स्टलहरु राखेका छन् । यहाँ ज्यानको सुरक्षासमेत नरहेको भन्दै उनले महोत्सवबाट आफ्ना स्टलहरु निकाल्ने निर्णय गरेका छन् । ‘काठमाडौँदेखि दुई पैसा कमाउन सकिन्छ कि भनी स्टल राख्न आएको थिए तर यहाँ व्यापार त परै जाओस्, ज्यानको समेत सुरक्षा हुन सकेन’, उनले भने ।

छलफलमा व्यापारीहरुको माग सम्बोधन नभएपछि आज बिहीबार पुनः छलफल गर्ने निर्णय भएको छ । व्यापारीहरुले गेट पास मागेपछि महोत्सव आयोजक युवा संघ, भरतपुरका अध्यक्ष भट्टराईले सुरक्षाको ग्यारेन्टी गर्ने र एक–दुई दिन अझै कुर्न आग्रह गरेका छन् ।

भरतपुरको राष्ट्रिय सहकारी विकास बोर्डको खाली मैदानमा जारी महोत्सवबारे स्थानीयहरुलाई समेत जानकारी नरहेको पाइएको स्टल नं १ मा रहेको रेस्टुरेन्ट सञ्चालक विशाल ढकालले बताए । महोत्सवको प्रचारप्रसार नभएको र व्यापारीहरुको सुरक्षा पनि नरहेकाले महोत्सवमा राखिएका २१७ वटै स्टलका व्यापारीहरुले महोत्सवबाट निस्कने निर्णय गरेको उनको भनाइ छ ।