काठमाडौ, २०७५ चैत ७ । दाह्री ग्याङगले राजधानीको पशुपतिस्थित कैलाश डाँडामा होली विशेष कार्यक्रम सम्पन्न गरेको छ । विगतमा समेत सोही ग्याङगले यस्ता सामाजिक कार्यहरुमा आफनो सहभागिता देखाउदै आएको पाईन्छ । २९७५ चैत ६ गते बुधबार सम्पन्न भएको कार्यक्रममा युवा वर्ग माझ देशभर करीब १००० को संख्यामा टि सर्ट विक्री गरिएको थियो ।
एउटा टिसर्टको मूल्य २ सय ५० रुपैया राखिएको थियो भने उठेको उक्त रकम सामाजिक कार्यमा नै खर्च गरिने दाह्री ग्याङका संस्थापक सदस्य जगदिश भण्डारी बताएका छन् ।
“रंगीएर रंगीन यी थरिथरिका रंगहरु माझ .. दारी ग्याङ्गको यो रगंको उत्सव प्रियजनहरु माझ” भन्ने मूल नाराको साथमा कार्यक्रम समापन गरिएको थियो । दारी ग्याङमा आवद्ध एक युवा विपुल पाण्डे भन्छन— युवा पुस्ताले आफनो संस्कृतिको जगेर्ना गर्न चालेको यस्तो कदममा म निकै खुशी छु यसले भाइचाराको सम्बन्धलाई अझै बलियो बनाउने छ ।
दारी ग्याङले आगामी दिनमा धुर्मुस सुन्तली फाउन्डेसन समक्ष समेत सहकार्य जारी राख्ने जानकारी पाईएको छ ।कार्यक्रम बिहानको ११ बजेबाट ३ बजेसम्म विभिन्न खेलहरुको साथै नाचगानका साथ समापन भएको अर्का संस्थापक सदस्य मनोज मालाकारले बताए ।



