🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लेबनानमा रहेका पाैने दुई लाख सिरियायी शरणार्थी घर फिर्ता

 

बेरुत, ६ चैत । लेबनानमा रहेका पौने दुई लाख सिरियाली शरणार्थीहरु घर फर्किएको अधिकारीहरुले बताएका छन् । 

लेवनानका अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार यही मार्च सम्ममा स्वदेश फर्किने सिरियाली शरणार्थीहरुको संख्या एक लाख ७२ हजार ४६ पुगेको छ । 

“सिरियाली शरणार्थीहरुलाई आफ्नै देशमा फर्काउनका लागि लेबनानले स्वंयसेवी भएर निरन्तर रुप धेरै कामहरु गरेको छ,” एक अधिकारीले भने । उनले आगामी दिनमा पनि निरन्तर यो काम गरिरहने पनि बताए । 

केही शरणार्थीहरुले भने सिरिया फर्किएपनि सुरक्षित रहन नसकेको बताएका छन । स्वदेश र विदेशमा ठूलो संख्यामा सिरियाली शरणार्थी बसेका छन् । यहाँ लामो समयदेखि जारी हिंसाका कारण चार लाखभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । 

हिंसा अझै रोकिएको छैन । यहाँ गृहयुद्ध जारी छ । जसले गर्दा यहाँका लाखौँ लाख नागरिक स्वदेश र विदेशमै शरणार्थीका रुपमा बाँच्नु परिरहेको अवस्था छ । (रासस/सिन्ह्वा)