🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

छोटो लुगा लगाउँदा फ्लाइटमा आपत्

 बेलायतकी एउटा हवाई कम्पनीले एकजना २१ बर्षीया युवतीलाई कम पहिरनमा आएको भन्दै जहाज चढाउन अस्वीकार ग¥यो । खबरका अनुसार, कम कपडा लगाएको भन्दै जहाजबाट उनलाई उत्रिन भनिएको थियो । थोमस कुक एयरलाइन्सले एमिली ओकोन्नोरलाई बेलायतको बर्मिघमबाट टेनेरिफ आइल्याण्ड जाने क्रममा रोकेको थियो ।

विमानका म्यानेजर र अन्य चार सदस्य उनी बसेको ठाउँमा गई ज्याकेट लगाउन आग्रह गरे । यदि नलगाएमा जहाजबाट उतारिदिने धम्की समेत दिएका थिए । पछि एयरलाइन्सले एमिलीसँग माफी मागेको छ । एमिलीले पनि आफूलाई जहाजबाटै उतार्नु पर्ने किसिमको कपडा नपहिरिएको दाबी गरेकी छिन् ।