🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नृसिंह मन्दिरबाट शालीग्राम चोरी गर्ने चार जना पक्राउ

पर्वत, २८ फागुन (रासस): मोदीवेणीधामबाट शालिग्राम शिला चोरी गर्ने तीन जना पक्राउ परेका छन् । गत फागुन ५ गते राति कुश्मा नगरपालिका–५ मोदीवेणीधाममा रहेको नृसिंह मन्दिरबाट शालीग्राम शिला चोरीमा संलग्न चार जनामध्ये तीन जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा कुश्मा नगरपालिका–४ का २८ वर्षीय कसम पुन, वडा नं ६ का २९ वर्षीय सुमन गुरुङ र वडा नं १० का ३२ वर्षीय लेखबहादुर नेपाली रहेका छन् । चोरीका मुख्य योजनाकार धादिङ, निलकण्ठ–१० घर भई हाल कुश्मा नगरपालिका–५ बस्ने अञ्जान बराईली फरार रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए  । 

प्रहरीले गत फागुन २६ गते पुनको कोठामा लुकाइराखेको अवस्थामा एक थान शालीग्राम शिला बरामद गरेको थियो । पुनकै बयानका आधारमा प्रहरीले अन्य दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले कुश्मा नगरपालिका–४ कालीगण्डकी छमर्के सामुदायिक बनमा ३७ थान शालीग्राम शिला लुकाएको अवस्थामा बरामद गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 
–––