🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

छुट्टाछुट्टै सवारी दुर्घटनामा २ को मृत्यु

सुरुङ्गा, २६ फागुन : भफमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–३ राजगढका ६२ वर्षीय चुनु हेमरम र शिवसताक्षी–८ डुडामारीका ४९ वर्षीय महेन्द्र भट्टराई रहेका छन् । 

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना ४ ख २०३६ नं को ट्रकले सडक पार गरिरहेका हेमरमलाई आज ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रकको ठक्करबाट हेमरमको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय धुलाबारीले  नियन्त्रणमा लिएको छ । 

यसैगरी पूर्व–पश्चिम राजमार्गको कमल गाउँपालिका–५ पाडाजुगीमा शनिबार राति सडक किनारमा रोकिराखेको कारमा मोटरसाइकल ठोक्किँदा महेन्द्र भट्टराईको मृत्यु भएको हो । प्रहरीका अनुसार सडक किनारमा रोकिराखेको बा १३ च ७५२७ नं को कारमा मे ९ प २९८८ नं को मोटरसाइकल ठोक्किँदा शिवसताक्षी–८ डुडामारीका ४९ वर्षीय महेन्द्र भट्टराईको मृत्यु भएको हो । 

पूर्वबाट पश्चिम जाँदै गरेको मोटरसाइकल कारमा ठोक्किँदा भट्टराईसँगै मोटरसाइकल चालक सोही ठाउँका कुमार गिरी घाइते भएका थिए । घाइते गिरीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । (रासस)