काठमाडौं, २६ फागुन । नेपाली राजनीतिका जानकार मानिने भारतीय नागरिक प्राध्यापक डाक्टर एसडी मुनिले नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनका बीच भएकाे ११ बुँदे सहमतिकाे प्रशंसा गरेका छन ।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रा. डा. मुनिले भनेका छन ''सिके राउत र नेपाल सरकारबीच भएको सहमतिले स्वतन्त्र मधेश अभियानलाई मूलधारमा ल्याउन सफल भएका डा. सिके राउत र नेपाल सरकार प्रमुख केपी ओली धन्यवादका पात्र हुन् ।''
ट्वीटमा प्रा. डा. मुनिले मधेश हितका लागि लड्न नेपालमा प्रशस्त लोकातान्त्रिक स्थान छ, भनेका छन् । गत शुक्रबार नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमति भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दहालको उपस्थितिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र गठबन्धनका तर्फबाट चन्द्र कान्त (सिके) राउतले हस्ताक्षर गरेका थिए ।




