🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हुवावेकी मेङद्वारा क्यानाडाका सरकारी निकाय विरुद्ध मुद्दा दर्ता

 

टोरन्टो, २० फागुन । प्रविधि क्षेत्रको अग्रणी चिनीया कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउले आफू विरुद्ध गैरकानुनी थुना, खानतलास र पुछताछ गरेको भन्दै क्यानाडा सरकार, यसको सीमा निकाय तथा राष्ट्रिय प्रहरी विरुद्ध मुद्दा दर्ता गरेका छन । 

वान्झाउका वकीलहरुले ब्रिटिस कोलम्बिया सर्वोच्च अदालतमा आफ्नो मौलिक हक सुरक्षित गरिपाऊँ भन्दै मुद्दा दर्ता गरेका छन् । अमेरिकी सरकारको अनुरोधमा क्यानडाले मेङलाई गत वर्ष डिसेम्बर १ तारिखमा पक्राउ गरेको थियो । 

हुवावेका संस्थापककी छोरी मेङमाथि अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धको उल्लङ्घन गरेको तथा इरानसँग व्यवसाय सञ्चालन गर्न बैंकहरुलाई गलत विवरण दिएको आरोप लागेको छ । 

पछिल्लो समय क्यानडा सरकारले मेङलाई अमेरिकी अधिकारी समक्ष सुपुर्दगी गर्न प्रक्रिया थालनी गरेको छ । मेङ हाल क्यानडामा देश छाड्न नपाउने गरी जमानतमा रिहा भएका छन, र उहाँ क्यानडाको भ्यानकुभरमा बसिरहेका  छन । चीनले मेङको गिरफ्तारीलाई राजनीतिक कारण भन्दै विरोध गरिरहेको छ । 

मेङको गिरफ्तारीका विषयमा चीन र क्यानडाबीच पनि तिक्तता छाएको छ । चीनले पनि राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै क्यानडाका पूर्व कुटनीतिज्ञ माइकल कोभरिग र क्यानडाका व्यवसायी माइकल स्पाभोरलाई डिसेम्बर १० तारिखमा गिरफ्तार गरेको छ । 

गत शुक्रबार क्यानडाको न्याय विभागका अधिकारीहरुले सुपुर्दगी प्रक्रिया शुरु गर्न अनुमति दिएका थिए । सुपुर्दगी प्रक्रिया प्रारम्भ गर्न बुधबार मेङलाई अदालतमा उपस्थित गराइँदैछ । तर यो प्रक्रिया पूरा हुन महिनौं वा कहिलेकाहिँ वर्षौं लाग्न सक्छ । (रासस/एपी)