🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

४६औँ सुखानी शहीद स्मृति दिवसमा नेकपाका दुबै अध्यक्ष सहभागि हुने

सुरुङ्गा, २० फागुन । छयालीस वर्षअघिको कम्युनिष्ट आन्दोलनमा पाँच जनाले शहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ ले परिचित छ । पञ्चायती व्यवस्थाको दमनविरुद्ध मोर्चाबन्दी गरेको आरोपमा नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई तत्कालीन सरकारले दानाबारीस्थित सुखानी जङ्गलमा लगेर हत्या गरेकोे थियो । 

घिमिरे, कुइँकेल र श्रेष्ठ झापाको गरामनी तथा दाहाल साविक चारपाने र राजवंशी ज्यामिरगढीका बासिन्दा हुनुहुन्थ्यो । तत्कालीन भूमिगत कम्युनिष्ट पार्टीको झापास्थित ‘मेची– कोशी कोअर्डिनेशन कमिटी’ले २०२८ सालमा पञ्चायती व्यवस्थाविरुद्ध मोर्चाबन्दी गरेको थियो । 

मोर्चामा संलग्न रहेको आरोपमा पक्राउ परी कारागार लगिएका पाँच योद्धालाई झापाको चन्द्रगढीबाट इलामको कारागार सार्ने बहानामा २०२९ फागुन २१ गते सुखानीको जङ्गलमा लगेर हत्या गरिएको थियो । 
सोही सम्झनामा प्रत्येक वर्ष फागुन २१ गते तत्कालीन नेकपा(एमाले) र नेकपा(माले) ले छुटृाछुटृै श्रद्धाञ्जलिसभा आयोजना गर्दै आएका थिए । 

यस वर्ष भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ४६औँ सुखानी शहीद स्मृति दिवस सुखानी उद्यानमा मनाउने भएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुखानी शहीद स्मृति दिवस मनाउन फागुन २१ गते झापा आउने कार्यक्रम रहेको नेकपाका जिल्ला नेता चिन्तन पाठकले बताए । 

पार्टी एकतापछि नेकपाका दुई अध्यक्षले एकै मञ्चबाट सुखानी शहीद स्मृति दिवसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको पाठकले बताए । 

सुखानी दानाबारीस्थित इलाम र झापाको सिमानामा पर्छ । यहाँ सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालले नमूना सामुदायिक वन क्षेत्रभित्र पाँच शहीदको पूर्ण कदको शालिक राखेपछि हरेक वर्ष झापा विद्रोहका योद्धालाई सम्झना गर्दै विभिन्न कार्यक्रम हुँदै आएको छ । 

पाँच योद्धाको हत्या गरिएकै स्थानमा अहिले शहीदकै सङ्ख्याका पाँच वटा रुखहरु सँगै जोडिएर हुृर्केका छन् भने घटनास्थललाई शहीद स्मारकका नाममा संरक्षण गरिएको नेकपाका नेता नरेश खरेल बताउछन ।

 

आन्दोलनका क्रममा २०२९ साल फागुन २१ गते सुखानी जङ्गलमा हत्या गरिएका पाँच शहीद, झापा आन्दोलनका क्रममा बलिदान दिनुभएका चन्द्र डाँगी र रामप्रसाद प्रधानसहित केही दिनअघि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र शनिबार राति निधन हुनुभएका भरतमोहन अधिकारीको योगदानको कदर गर्दै सुखानीमा श्रद्धाञ्जलिसभा गरिने नेकपाका नेता मणिकुमार राई साम्पाङले बताए ।

यसअघिका वर्षमा तत्कालीन एमाले र माओवादीले फरक फरक स्थानमा फरक दिन सो दिवस मनाउँदै आएका थिए । रासस