🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काठसहित तस्करीमा संलग्न पक्राउ

कञ्चनपुर, २० फागुन (रासस) : कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ स्थित हरियाली सामुदायिक वनबाट काठ तस्करी गर्ने कार्यमा संलग्न भरत कामीलाई सब डिभिजन वन कार्यालय वाणीले फागुन २० गते  पक्राउ गरेको छ । 

वन क्षेत्रमा आराको सहायताले सालको काठको गोलिया काटिरहेको अवस्थामा कामीलाई सामुदायिक वनका पदाधिकारीको सहयोगमा पक्राउ गरिएको सव डिभिजन वन कार्यालय वाणीका प्रमुख विश्वराज पण्डितले बताए  । कामी कृष्णपुर– ४ का बासिन्दा हुन् । 

काठ काटिरहेको ठाउँबाट सालको गोलिया, आरासमेत बरामद भएको छ । “काठ काट्ने कार्यमा संलग्न अन्य छजना वन कार्यालयको टोली देखेर भागेकाले उनीहरुको खोजी गरिरहेका छौँ”, कार्यालय प्रमुख पण्डितले भने, “काठ काट्दै गरेको सालको रुखको केही भाग गायब पारिएकाले त्यसको समेत खोजी भइरहेको छ ।”