🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

काठमाडौं । फिलिपिन्सको मिन्दानाओ क्षेत्रमा शुक्रबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अधिकारीहरूले यो भूकम्पपछि “विनाशकारी सुनामी” आउने चेतावनी जारी गर्दै जनतालाई तटीय क्षेत्रबाट तत्काल सुरक्षित स्थानतर्फ सार्न आग्रह गरेका छन् ।

भूकम्प मिन्दानाओ क्षेत्रको डाभाओ ओरिएन्टल प्रान्तस्थित मनाय टाउन नजिकै समुद्रको सतहमा गएको बताइएको छ । फिलिपिन्सको भूकम्प विज्ञान तथा ज्वालामुखी संस्थानले चेतावनी दिँदै भनेको छ, “स्थानीय सुनामी परिदृश्यका आधारमा केही क्षेत्रमा सामान्य ज्वारभाटाभन्दा एक मिटर वा सोभन्दा बढी उचाइका छालहरू आउन सक्ने छन्, जुन बन्द खाडी तथा साँघुरा जलसन्धिहरूमा अझ उच्च हुन सक्छन् ।”

संस्थाका अनुसार पहिलो सुनामीका छालाहरू स्थानीय समयअनुसार बिहान ९ः४३ देखि ११ः४३ बीच आइपुग्ने सम्भावना छ र यी छालाहरू केही घण्टासम्म जारी रहन सक्छन् । हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभए पनि अधिकारीहरूले उद्धार र आपतकालीन तयारीलाई उच्च सतर्कतामा राखेका छन् ।