🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गाई–गोरु चराउनका गएका सार्की मृत भेटिए

रामेछाप । सिन्धुलीको दुधौली नगरपालिका–१० कर्थाका ५१ वर्षीय लीलबहादुर सार्कीको पानीमा डुबेर मृत्यु भएको छ । 

गाई–गोरु चराउन निस्किएका सार्की घर नफर्केपछि खोजी गर्ने क्रममा कमला खोलाको दहमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार, बुधवार बिहान करिब १० बजे लीलबहादुर घरबाट गाई–गोरु चराउनका निस्किएका थिए । 

साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारजनले खोजी कार्य थालेका थिए । खोजीको क्रममा बिहीबार बिहान घरबाट करिब सातसय मिटर पश्चिमतर्फ रहेको कमला खोलाको दहमा घोप्टो परेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । 

घटनाको जानकारी पाएपछि प्रहरी चौकी दुधौलीबाट प्रहरी सहायक निरीक्षक कलमबहादुर शाहीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । टोलीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

मुचुल्का प्रक्रिया सम्पन्न गरी मृतकको शवलाई पोष्टमार्टमका लागि सिर्थौली अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।