🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जीवित देवी कुमारीबाट स्वदेशी भक्तजन तथा विदेशी पर्यटकलाई दर्शन प्रदान

काठमाडौँ, २१ असोजः जीवित देवी कुमारीद्वारा औपचारिक रूपमा सर्वसाधारणलाई आजदेखि दर्शन प्रदान भएको छ । कुमारी आर्यताराले बसन्तपुरस्थित कुमारीघरमा सर्वसाधारणलाई दर्शन दिने कार्यसूचीअनुसार दर्शनको व्यवस्था प्रवन्ध गरिएको कुमारी घर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिनुभयो । 

    यस वर्षको दसैँ कोजाग्रत पूर्णिमाका दिन सम्पन्न गरिएपछि कुमारी घरमा नित्य पूजा सञ्चालन गरी कुमारीबाट  सर्वसाधारणलाई दर्शनको व्यवस्था गरिएको हो । दर्शनका लागि स्वदेशी भक्तजन तथा विदेशी पर्यटक समेतको सहभागिता थियो । कुमारीबाट आशीर्वाद लिने क्रममा भक्तजनको विशेष घुइँचो लागेको थियो । 

    करिब एक साता अगाडि कुमारी घोषित आर्यताराले काठमाडौँमा गरिने विभिन्न जात्रा, पर्व, साँस्कृतिक कार्यक्रममा राजकीय भूमिका निर्वाह गर्नुहुनेछ । 

    यही असोज १६ गते विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप कुमारीबाट टीका र जमरा सर्वसाधारणलाई कोजाग्रत पूर्णिमासम्म लगाइएको थियो । कुमारीलाई विशिष्ट शक्ति प्राप्त गर्न नवरात्रिको दिन तलेजु भवानीको दर्शन गराइएको थियो । कुमारीलाई तलेजु भवानीको प्रतीकका रूपमा पूजाआजा गरिन्छ ।

    कुमारीको दर्शन गर्नाले भय, रोग र बिघ्नबाट मुक्त भई पारिवारिक सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । हिन्दु र बौद्ध अनुयायीले कुमारीलाई साझा संस्कृतिका रूपमा आस्था प्रकट गर्ने गर्दछन् ।
–––