🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विश्व हुलाक दिवसको अवसरमा बाजुरामा देउडा कार्यक्रम हुने

बाजुरा । बाजुरामा विश्व हुलाक दिवसको अवसरमा देउडा सञ्चालन गरिने भएको छ।

१५१औँ बिश्व हुलाक दिवसको अवसरमा हुलाक कार्यालय बाजुराको आयोजनामा हुलाक सेवाको महत्व र प्रभावकारिता उजागर गर्न देउडा कार्यक्रम गरिने भएको हो।

मानिसहरूका लागि पोस्टः स्थानीय सेवा विश्वव्यापी पहुँच”भन्ने मूल नाराका साथ हुलाक कार्यालय बाजुराले देउडा कार्यक्रमको आयोजना गर्ने भएको हो।कार्यालयले एक सूचना जारी गर्दै उक्त प्रतियोगिता हुने जनाएको छ।

प्रतियोगिता यहि असोज २२ गते विहान ९ बजेबाट सुरु हुने हुलाक कार्यालय बाजुराका प्रमुख उत्तम बमले बताएका छन्।उनका अनुसार हुलाक सेवाको पहुँचलाई अझै प्रभावकारी तथा बलियो बनाउन देउडा मार्फत सन्देश दिने गरि कार्यक्रमको आयोजना गर्न लागिएको बताएका हुन्।

हुलाक सेवा सहरी क्षेत्रमा मात्रै नभई ग्रामिक क्षेत्रमा पनि उत्तिकै प्र

प्रतियोगितामा कम्तीमा १२ जनाको सदस्यीय हुनुपर्ने छ । देउडामा सवाल–जवाफ र भेषभूषालाई विशेष प्राथामिता दिईने छ । प्रतियोगिताको लागी टिम दर्ता शुल्क  असोज २० गतेदेखि असोज २२ गते विहान ८ बजेसम्म रहेको छ। 

टिम दर्ताको लागी शुल्क नलाग्ने भएको छ भने टिम दर्ताको लागी हुलाक कार्यालयमा सम्पर्क गर्न सकिने छ । प्रतियोगिता खुलामञ्जमा हुने भएको छ। प्रतियोगितामा प्रथम हुने टिमलाई नगद दश हजार प्रदान गरिने छ । त्यस्तै द्वितिय हुने टिमलाई नगद सात हजार र तृतिय हुने टिमलाई नगद पाँच हजार प्रदान गरिने हुलाक कार्यालय बाजुराले जनाएको छ।

देउडालाई सुदूर ,कर्णालीका क्षेत्रमा महत्त्वका साथ हरिने गरिन्छ । लोकसंस्कृति र लोकसाहित्यको उर्वर क्षेत्र सुदूर र कर्णालीका हरेक गाउँठाउँमा देउडा गुञ्जिने गरेका छन्।देउडा गोलघेरा लगाई हातमा हात जोडेर सवाल–जवाफमा साथ खेलिने खेल हो। वनजंगल,मेलापात कुनै पर्वमा विरही स्वर र भाकामा गाइने देउडा गीत सर्वाधिक लोकप्रिय विधा रुपमा चिनिन्छ।