🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाजुराको मार्तडीमा ‘बाजुरा कप’ फुटवल प्रतियोगिता हुँदै 

बाजुरा । सदरमुकाम मार्तडीमा ‘बाजुरा कप’ सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागी खेदकुद भन्ने मुल नाराका साथ यहि असोज २२ गतेदेखि २६ गतेसम्म ‘बाजुरा कप’ सेभेन ए साइड फुटवल प्रतियोगिता २०८२ सञ्चालन हुने आयोजकले बताएको छ ।

नेपालीहरुको महान चाड बडा दशै तथा शुभ दिपावली २०८२ को अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको हो । गत बर्ष पनि मार्तडीमा वडाअध्यक्ष सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगिताको लागी सम्पूर्ण खेलाडी टिमहरुले असोज २१ गतेसम्म आफ्नो टिम दर्ता गरिसक्नु पर्ने छ भने टिमदर्ता शुल्क पाँच हजार तोकिएको छ ।

प्रतियोगिताबाट विजेता टिमलाई नगद ६१ हजारसहित ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ । त्यस्तै, प्रतियोगिताको द्वितीय हुने टिमलाई नगद ३१ हजार नगदसहित ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई नगद पाँच हजार, सर्वोकृष्ट गोलकिपरलाई नगद पाँच हजार त्यस्तै सर्वाधिक गोलकर्तालाई नगद तीन हजारसहित सम्मान गरिने छ ।

प्रतियोगिता मालिका नमुना माविको खेलमैदानमा सञ्चालन हुने भएको छ । यो प्रतियोगिताले जिल्लामा नयाँ खेलाडी उत्पादनसंगै खेल क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।