🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

समाचार सङ्कलनका क्रममा दुर्घटनामा परेका पत्रकारलाई काउन्सिलले सहयोग गर्ने

 

काठमाडौँ, १२ असोज : प्रेस काउन्सिल नेपालले मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरो गई सडक अवरुद्ध भएको समाचार सङ्कलनका लागि जाँदै गर्दा दुर्घटनामा परेर घाइते भएका पत्रकारलाई आर्थिक सहयोग गर्ने भएको छ ।

काउन्सिल बोर्डको आजको बैठकले पत्रकार अनिल ढकाल, सुजन पौडेल तथा ‘जेनजी’ प्रदर्शनमा समाचार सङ्कलनका क्रममा घाइते भएका पत्रकारलाई काउन्सिलमा रहेको पत्रकार कल्याण कोषबाट सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्तै, जोखिमयुक्त क्षेत्रमा समाचार सङ्कलन गर्दा सुरक्षा संवेदनशीलता अपनाउन र कुनै दुर्घटना भएको अवस्थामा तत्काल उपचारमा ध्यान दिन सञ्चारमाध्यमलाई आग्रह गरिएको छ ।

पत्रकार आचारसंहिता प्रतिकूल केही सामग्री सम्प्रेषण भइरहेको र यस्तो प्रवृत्ति बढ्न सक्ने भन्दै आचारसंहिता प्रतिकूल सामग्रीको सूक्ष्म अनुगमन गरी यही महिनाभित्र विज्ञसहितको उपस्थितिमा विस्तृत छलफल गर्ने निर्णय भएको पनि काउन्सिलले जनाएको छ । साथै बैठकले यसअघिका प्रदर्शनमा सञ्चारमाध्यममाथि भएका आक्रमणप्रति दुःख व्यक्त गरेको छ । —