🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमाले महासचिव पोखरेलद्वारा पार्टी कार्यालय पुनर्निर्माण थाल्न आह्वान

काठमाडौँ, ३० भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले देशैभरका क्षतिग्रस्त पार्टी कार्यालयको पुनर्निर्माण सुरु गर्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ । 

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि उहाँले सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचनाको निर्माणमा योगदान गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिनुभयो । 

महासचिव पोखरेलले आगामी असोज ३ गते खरानीको थुप्रोबाटै संविधान दिवस मनाउन निर्देशन दिनुभएको छ । “लामो सङ्घर्षबाट २०७२ सालमा प्राप्त संविधान दिवस असोज ३ गते पर्दछ । उक्त दिवश हामी खरानीकै थुप्रोबाट मनाउने छौँ । सबै जिल्लाले यो कार्यक्रम गर्नुहुनेछ । काठमाडौँ उपत्यकामा पार्टी केन्द्रीय कार्यालयको प्रांगणमा कार्यक्रम हुनेछ,” उहाँले भन्नुभयो । 

महासचिव  पोखरेलले सधैँ सडकबाट निर्णय नहुने भएकाले सडकबाट प्राप्त उपलब्धिलाई संविधानमा संस्थागत गर्नुपर्ने बताउनुभयो । उहाँले अन्तरिम सरकारले भ्रष्टाचार अन्त्य र शुसासनका कदम अघि बढाउदा एमालेले सहयोग गर्ने बताउनुभयो । अन्तरिम सरकारको मुल काम सुरक्षाको वातावरण बनाउने र समयमा निर्वाचन गराउने भएको उहाँको भनाइ छ । “नेपालका सबै लोकतान्त्रिक पार्टी जनतामा गएर, जनताबीचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नुभएको छ भन्ने हामी ठान्दछौँ”, उहाले भन्नुभयो ।