🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जेनजी आन्दोलन : ६८ वटा बैंकको शाखा कार्यालयमा आक्रमण 

काठमाडौं । जेनजी पुस्ताको आन्दोलन हिंसात्मक भएपछि देशभर ६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएको र ६९ वटा एटिएममा केही असर परेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले जेन जी आन्दोलनका क्रममा बैंकहरुको कार्यालयहरूमा आक्रमण भएपनि बैंकिङ प्रणाली भने सबै ठिकठाक रहेको जानकारी दिए ।

सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रम पश्चात् बोल्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन् । तर, आन्दोलनकारीहरूले बैंकहरु नै टार्गेट गरेको जस्तो देखिँदैन । उनले भने,‘ अहिलेको अवस्थामा सबैको मनोबल घटेका कारण उनीहरूको मनोबल बढाउनुपर्ने आवश्यकता छ ।’रहेको गभर्नर पौडेलले बताए ।

सो क्रममा डा. पौडेलले अनुभवी अर्थमन्त्री आनुभएकाले काम गर्न सहज हुने पनि बताए ।