🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ब्रतालुसँगै नुहाउने क्रममा डुबेर बालिका बेपत्ता, सुरक्षाकर्मीलगायत स्थानीयद्वारा खोजी जारी

रौतहट । रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर एक बालिका बेपत्ता भएकी छिन । जितिया पर्वको नहाय खायको लागि शनिबार बिहान व्रतालुसँगै नुहाउने क्रममा डुबेर बेपत्ता भएको स्थानीयले बताएका छन् । 

गौर नगरपालिका ६ का १० वर्षीय करिश्मा साह डुबेर वेपता भएको प्रहरीले जानकारी दिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयद्वारा खोजी कार्य जारी राखेको छ ।


जितिया पर्वको विधिअन्तर्गत व्रतार्थीहरू जलाशय स्नानादी गरी घिरौलाको पातमा तोरी वा सस्र्यूको तेल र पिना (खरी) चढाएर जिमुतवाहन देवताको पूजा गर्दछन् । यो विधिलाई तेलखरी पनि भन्ने गरिन्छ । यो तेलखरी प्रसादस्वरूप घरका सबैले टाउकामा लगाउने गर्दछन् ।