🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यु आदेश जारी

वीरगञ्ज (पर्सा), २३ भदौ : जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा आज बेलुकी ९ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको हो ।

‘जेनजी’ समूहले आज बेलुका वीरगञ्जको घण्टाघर, माईस्थानलगायत स्थानमा सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनी गर्न थालेपछि पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सोमबार बेलुका ९ बजेदेखि मङ्गलबार बिहान ९ः०० बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी भएको जानकारी दिनुभयो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम महानगर क्षेत्रको पूर्वमा वाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचोक र दक्षिणमा शङ्कराचार्यगेटलगायत स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेरा गर्न नपाइने गरी कर्फ्यु आदेश जारी गरिएको उहाँले बताउनुभयो । 

     
प्रजिअ सुवेदीले वीरगञ्ज आसपासमा प्रदर्शनी र आगजनीका घटना हुन थालेसँगै स्थिति नियन्त्रणका लागि कर्फ्यु लगाउनुपरेको बताउनुभयो । मङ्गलबारको स्थितिलाई मध्यनजर गर्दै कर्फ्युलाई थप बढाउन सकिने बताउनुभयो । जेनजी समूहले वीरगञ्जमा साँझ टायर बालेर विरोध जनाएका छन् । 
—