🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्नातक दोस्रो वर्षको आंशिक परीक्षा स्थगित

काठमाडौँ । चार वर्षे स्नातक तहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित भएको छ ।

त्रिभुवन विश्वविद्यालयले सूचना जारी गर्दै चार वर्षे स्नातक तहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित गरेको हो । विश्वविद्यालयले देशैभरका परीक्षा केन्द्रमा २४, २५ र २६ भदौमा सञ्चालन हुने स्नातक दोस्रो वर्षको परीक्षा स्थगित गरिएको जनाएको छ ।

जेन जीले गरेको आन्दोलनका कारण देशैभर तनावग्रस्त अवस्था भएपछि त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले  परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

स्थगित गरिएका परीक्षाहरू २, ४ र ५ असोजमा तोकिएकै परीक्षा केन्द्र र समयमा सञ्चालन हुने छन् ।