🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कतारले कङ्गोमा २१ अर्ब डलर लगानी गर्न तयार

किन्शासा, १८ भदौ (रासस/एएफपी): कतारी लगानी कम्पनी अल मन्सुर होल्डिङले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी)मा २१ अर्ब अमेरिकी डलर लगानी गर्न तयार रहेको बताएको छ । कङ्गोको पूर्वमा वर्षौंदेखि जारी द्वन्द्व अन्त्यका लागि दोहाले मध्यस्थता गरिरहेको छ।

समूहका संस्थापक तथा शाही परिवारका सदस्य शेख मन्सुर बिन जाबोर बिन जसिम अल थानीले अफ्रिकी भ्रमणका क्रममा मङ्गलबार डिआरसीको राजधानी किन्शासाको भ्रमण गर्नुभएको थियो । 

कतारी प्रतिनिधिमण्डलले प्रधानमन्त्री जुडिथ सुमिन्वासँगको भेटमा डिआरसीमा करिब २१ अर्ब अमेरिकी डलर लगानीका लागि ‘आशयपत्र’ पेश गरेको कतारी प्रतिनिधिमण्डलको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लगानी कृषि, वित्त, खानी, औषधि, हाइड्रोकार्बनलगायत विभिन्न क्षेत्रमा लक्षित गरिनेछ ।

गत महिना अल मन्सुर होल्डिङले १० दिने भ्रमणका क्रममा दक्षिण अफ्रिकाका चार देशमा ७० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । 

बोत्सवाना, मोजाम्बिक, जाम्बिया र जिम्बाब्वेलाई दिइने आर्थिक सहायताको प्रतिबद्धता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्केपछि स्रोतसाधनले भरिपूर्ण यस क्षेत्रका गरिब देशहरूले अमेरिकी सहायतामा व्यापक कटौतीको सामना गरिरहेका छन्।

रुवान्डासमर्थित एम–२३ सशस्त्र समूहले केही हप्ताभित्रै दुई प्रान्तीय राजधानी कब्जा गरी कडा आक्रमण गरेपछि यस वर्षको सुरुमा देशको पूर्वी भागमा व्यापक द्वन्द्व भएको थियो ।

रुवान्डाका राष्ट्रपति पल कागामे र उहाँका कङ्गोली समकक्षी फेलिक्स शिसेकेडीबीच मार्चको मध्यतिर दोहामा युद्धविरामका लागि भेटवार्ता भएको थियो । यद्यपि, कतारले अनपेक्षित रूपमा सङ्कट समाधानका लागि भएको कूटनीतिक प्रयास सफल हुन नसकेको र प्रयासहरू निरन्तर जारी राखिएको घोषणा गरेको थियो ।

गत जुनमा वासिङ्टनमा दुई देशबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो ।

समानान्तर रूपमा, कङ्गोली सरकार र एम २३ ले अप्रिलमा दोहामा पनि वार्ता गरे र जुलाईमा युद्धविरामको प्रतिबद्धता व्यक्त गरे। यद्यपि, त्यहाँ द्वन्द्व जारी छ।