🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बेलायतमा तीव्र तापक्रम वृद्धि,जलवायु परिवर्तनको असर

लण्डन, १७ भदौ (रासस/सिन्ह्वा) : बेलायतको मौसम विभाग (मेट अफिस) ले सोमबार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार सन् २०२५ को गर्मीयाम अहिलेसम्मकै सबैभन्दा उच्च तापमान भएको मौसमीय अवधिका रूपमा पुष्टि गरिएको छ ।

जुन १ देखि अगस्ट ३१ सम्मको अवधिमा बेलायतको औसत तापक्रम १६.१० डिग्री सेल्सियस मापन गरिएको छ, जुन दीर्घकालीन औसतभन्दा १.५१ डिग्रीले बढी हो । यसले सन् २०१८ को १५.७६ डिग्रीको अघिल्लो कीर्तिमानलाई पार गरेको छ ।

मेट अफिसकी मौसमविद् एमिली कार्लिसलका अनुसार यो निरन्तर तापक्रम वृद्धिमा विभिन्न कारणहरूको भूमिका रहेको छ । यी सबैले वातावरणमा ताप जम्मा हुने र लामो समयसम्म टिकिरहने अवस्था बनाएका छन् ।

सन् २००० यता बेलायतमा सबैभन्दा उच्च तापक्रम भएका पाँचवटा गर्मीयामहरू मापन गरिएका छन्, जुन जलवायु परिवर्तनको गम्भीर सङ्केत हो ।

मौसम विज्ञहरूका अनुसार, यदि मानवनिर्मित हरितगृह ग्यासको प्रभाव नभएको भए, सन् २०२५ जस्तो मौसम करिब ३४० वर्षमा एकपटक मात्र देखिन सक्थ्यो । तर हालको अवस्थामाअनुसार यस्ता अवस्था करिब पाँच वर्षमै एकपटक देखिन सक्छ, जसको सम्भावना प्राकृतिक अवस्थाको तुलनामा करिब ७० गुणा बढी छ ।