🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तरबुजा भन्दा तरबुजाकाे दानामा बढी हुन्छ भिटामिन

काठमाडौं, १२ भदाै । गर्मीमा तरबुजा खान सबैलाई मन पर्छ । जुसले भरिएको यो फलले शरीरलाई चिसो मात्र नभई पानीको कमी पनि मेटाउँछ । तर अक्सर हामी यो ठूलो गल्ती गर्छौं कि तरबूजा खाँदा यसको कालो दाना बेकार मानेर फालिदिन्छौं ।

जबकी अध्ययनहरूका अनुसार यी साना बीउहरूमा ठूला फाइदा लुकेका छन् । यी स्वास्थ्यका लागि रामबाण औषधी हुन् । यसबाट धेरै समस्याहरू समाधान गर्न सकिन्छ । आउनुहोस्, यी तरबुजाको बीउहरू कसरी प्रयोग गर्ने र कुन कुन रोगहरूमा तिनीहरू प्रभावकारी साबित हुन सक्छन्, जानौं ।

पेट र पाचन सफा गर्न

तरबजाको दानामा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । यदि कब्जियतको समस्या छ भने यी दानाको सेवनले पेट सफा राख्न फाइदाजनक हुन्छ । तरबूजाको सुकेको दानालाई पिसेर त्यसको धूलो बनाएर बिहान खाली पेटमा मनतातो पानीसँग खानुहोस् । यसबाट धेरै फाइदा हुन सक्छ ।

मधुमेह नियन्त्रण

तरबुजाको दानामा पाइने म्याग्नेसियमले रगतमा चिनीको मात्रा सन्तुलनमा राख्छ । अनुसन्धानका अनुसार यी बीउहरूले इन्सुलिन संवेदनशीलता बढाउँछ र चिनीलाई नियन्त्रणमा राख्छ। तपाईं तरबुजाको बीउबाट चिया बनाउन सक्नुहुन्छ । जस्तो कि २ कप पानीमा १ चम्चा दाना उमालेर छानेर दिनमा एक पटक पिउनाले फाइदा हुन्छ ।

स्वास्थ्य मुटु

यी बीउहरूमा पाइने स्वस्थ बोसो, जस्तै ओमेगा–६ फ्याटी एसिड र म्याग्नेसियमले मुटुलाई स्वस्थ राख्छ । तिनीहरूले कोलेस्ट्रोललाई नियन्त्रणमा राख्छ र हृदयघातको जोखिम कम गर्छ ।

छाला र कपालको लागि वरदान

तरबुजाको दानामा जिंक, प्रोटीन र आइरन पाइन्छ, जसले कपाललाई बलियो र छालालाई चम्किलो बनाउँछ । यी बीउहरूले छालालाई फ्रि रेडिकलहरूबाट जोगाएर बुढ्यौलीलाई पनि कम गर्छ । यी बीउको तेल पनि बजारमा पाइन्छ । तपाईले यसलाई अनुहारको तेल वा कपालको तेलको रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।

रोग प्रतिरोधात्मक क्षमता 

तरबुजाको बीउमा आइरन, म्याग्नेसियम र फस्फोरसजस्ता शक्तिशाली पोषक तत्व पाइन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसको नियमित सेवनले भाइरल इन्फेक्सनबाट पनि बचाउँछ। त्यसका लागि पहिला तरबुजाको बीउहरू धुनुहोस्, तिनीहरूलाई सुकाउनुहोस् र पछि भुटेर खानुहोस्। यसले शरीरबाट रोगहरू टाढा राख्छ । 

यसबाहेक, यसलाई स्मूदी वा सलादमा टपिङको रूपमा हालेर वा यी दानाको पाउडर बनाएर पानी वा दूधमा मिसाएर पिउन सक्नुहुन्छ ।