🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एसिया कपमा भारत–पाकिस्तान भिडन्तको बाटो खुल्यो

नयाँ दिल्ली, ६ भदौ । एसिया कपमा भारत–पाकिस्तान भिडन्तको बाटो खुलेको छ । 

भारत सरकारले बहुराष्ट्रिय प्रतियोगितामा पाकिस्तानसँग खेल्न प्रतिबन्ध नभएको जनाएको छ । तर, द्विपक्षीय शृङ्खलामा भारतको अडान यथावत रहने पनि भारतको खेलकुद मन्त्रालयले जनाएको छ । खेलकुद मन्त्रालयका एक अधिकारीका अनुसार अन्तर्राष्ट्रिय कार्यक्रमहरूको लागि भारतको नीतिको व्याख्या गरिएको छ ।

यस अनुसार भारतीय टोलीले पाकिस्तानमा हुने प्रतियोगितामा भाग लिने छैनन्, न त पाकिस्तानी टोलीलाई भारतमा खेल्न दिइनेछ। यी दुई देशको खेल अन्यत्र देशमा खेल्नु पर्नेछ । 

तर, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय प्रतियोगिताहरूमा (चाहे भारतमा होस् वा विदेशमा) भारतले अन्तर्राष्ट्रिय खेलकुद संस्थाको नियम र आफ्ना खेलाडीहरूको हितलाई ध्यानमा राखेर निर्णय गर्नेछ । ती अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भारतीय टोली र भारतीय खेलाडी सहभागी हुनेछन्, जसमा पाकिस्तानको टोली र खेलाडी पनि समावेश हुनेछन् । साथै, भारतमा आयोजना हुने बहुराष्ट्रिय प्रतियोगितामा पाकिस्तानका टोली र खेलाडीले पनि सहभागी हुन पाउने भएका छन् ।

गत १९ अगस्टमा बीसीसीआईले एसिया कपमा सहभागी हुने भारतीय टोलीको घोषणा गरेको थियो । पहलगाममा भएको आतंकवादी हमला पछि भारतले क्रिकेट एसिया कपमा पाकिस्तानसँग नखेल्ने भनेर अडान लिइरहेको थियो । साथै, पूर्व क्रिकेटरहरूको भारतीय टोलीले विश्व च्याम्पियनसिप अफ लिजेन्ड्सले पनि पाकिस्तानसँग खेल्न अस्वीकार गरेको थियो ।

यो वर्ष क्रिकेट एसिया कपको आयोजक भारत हो । पाकिस्तानले भारतमा खेल्न अस्वीकार गरे पछि युएईमा आयोजना हुँदैछ । प्रतियोगिता सेप्टेम्बर ९ देखि सुरु हुनेछ। टीम इन्डियाको पहिलो खेल सेप्टेम्बर १० मा युएईसँग हुनेछ ।

एसिया कपमा भारत र पाकिस्तानबीच ३ खेल हुन सक्नेछन् । पहिलो खेल १४ सेप्टेम्बरमा दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । दोस्रो खेल भने एसिया कपमा लिग चरणपछि सुपर–४ राउण्ड हुनेछ। सेप्टेम्बर २१ मा भारत र पाकिस्तान सुपर–४ राउण्डमा पुग्दा भारत र पाकिस्तानबीच दोस्रो खेल हुनसक्छ ।

तेस्रो खेल चाँही यदि दुवै टोली फाइनलमा पुगे भने एसिया कपको तेस्रो खेल २८ सेप्टेम्बरमा भारत र पाकिस्तानबीच हुनेछ ।