🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सामुदायिक वनको काठ बिक्रीको अनुमतिमा घुस मागेपछि…

काठमाडौँ, ३ भदौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपुर्जीका लागि सेवाग्राहीसँग रु सात लाख ३१ हजार बराबरको घुस लिएको अभियोग लागेको छ । आयोगले आरोपी यादवविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

    यस्तै, बाटोको विवाद विषयको निर्णय गर्दा आफ्नो पक्षमा पार्नका लागि रविनकुमार श्रेष्ठले रु दुई लाख घुस दिएको भन्ने आरोपमा पोखरा महानगरपालिका कास्कीका तत्कालीन न्यायिक समिति सदस्य एवं सोही महानगर-९ का वडा सदस्य भावना श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको छ । 

    न्यायिक समितिमा विचाराधीन रहेको बाटोको विवादमा घुस दिन खोल्ने रविनकुमार र न्यायिक समिति सदस्य भावना श्रेष्ठविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै सोमबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।