ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिका–८, लुभु स्थित बालकुञ्ज मावि जाने सडकखण्ड अहिले पैदल यात्री र विद्यार्थीहरूको लागि जोखिमपूर्ण बनेको छ ।
ठूलो खाल्डो र हिलोले भरिएको उक्त सडकमा साना विद्यार्थीहरू बिहान बेलुका स्कुल आवतजावत गर्न समेत निकै कठिन छ । तर, पटकपटक खबरदारी गर्दा पनि सम्बन्धित निकायले कुनै चासो नदिएपछि बाध्य भएर स्थानीयहरु आफ्नो बालबालिकालाई सोही बाटो हुँदै विद्यालय पुर्याउछन् ।


एक स्थानीय भन्छन्, “पैदल हिँड्न पनि मुश्किल छ । वर्षौं बितिसक्दा पनि नगरपालिका र वडाले कुनै ठोस कदम नचालेको कारण यस्तो अवस्था आएको हो ।"
स्थानीयले सडक निर्माण तत्काल गर्न दबाब दिँदै आइरहेका छन् ।



