🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतीय विदेश सचिवको ‘बसाइ’ प्रति एमाले नेता बस्नेतको आपत्ति

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ताको एउटा तस्बिरलाई लिएर नेकपा (एमाले) का नेता महेश बस्नेतले आपत्ति जनाएका छन् । उक्त तस्बिरमा मिस्री प्रधानमन्त्रीसँग भेट्दा खुट्टा चडाएर (उपर खुट्टी लगाएर) कूटनीतिक मर्यादा विपरीत बसेको देखिन्छ, जसले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया निम्त्याएको छ ।

नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै भनेका छन्, ‘हाम्रो संस्कृति र कूटनीतिक शिष्टाचारमा यसलाई सम्मानजनक व्यवहार मानिँदैन । प्रधानमन्त्री वा राष्ट्रप्रमुखसँग भेट्दा संयमित आसन, सम्मानयुक्त भंगीमा र मर्यादित व्यवहार अपेक्षित हुन्छ ।’

उनले व्यक्तिगत सहजता देखिए पनि यस्तो दृश्यले राष्ट्र र पदको गरिमा कमजोर बनाउने उल्लेख गरेका छन् । कूटनीतिक सम्बन्धमा आचरण र शिष्टताले नै मित्रताको गहिराइ देखाउने बताएका छन् । ‘व्यक्तिगत सहजता जस्तो देखिए पनि यस्तो दृश्यले राष्ट्र र पदको गरिमा कमजोर बनाउँछ ।

कूटनीतिक सम्बन्धमा आचरण र शिष्टताले नै मित्रताको गहिराइ देखाउँछ भन्ने कुरा नबिर्सौं ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । भारतीय विदेश सचिव मिस्री दुई दिने नेपाल भ्रमणमा छन् ।